कोरोना संक्रमितलाई निमोनिया, स्वास्थ्य अवस्था गम्भीर
जेष्ठ २१, रुपन्देही । दाङको बेलझुण्डी अस्पतालमा उपचारत कोरोना संक्रमित एक युवालाई निमोनिया भएको छ । दाङको बबई गाउँपालिका–६ का ३० वर्षीय युवा जेठ १७ गतेदेखि उपचार गराइरहेका छन् । संक्रमित युवालाई बेलझुण्डीबाट मंगलबार बुटवलस्थित कोरोना अस्पताल रिफर गरिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको एक चिकित्सकले बताए ।