\
कोरोनाहेडलाइन

सुदूरपश्चिम प्रदेशमा आज देखियो २७ जनामा कोरोना संक्रमण

कैलाली, जेठ २० । सुदूरपश्चिम प्रदेशमा आज मंगलबार एकैदिन थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ । यसअघि यो प्रदेशमा १ जना कोरोना संक्रमितको नै मृत्यु भइसकेको छ भने ६ जना प्रदेशभित्रबाटै ‘डिस्चार्ज’ भइसकेका छन् । आज सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply