\
कोरोनाहेडलाइन

प्रदेश २ मा थप ८२ जनामा देखियो कोरोना संक्रमण

जनकपुर, जेठ १९ । प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ गाउपालिका १२ जना पुरुषहरु संक्रमित भएका छन् । काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार सिरहाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनमा रहेका ५ जना पुरुषहरु संक्रमित देखिएका हुन् ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन् । त्यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुष संक्रमित भएका छन् ।

सर्लाही जिल्लाको जनता मावि अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिकामा ४ जना र हरिपुर नगरपालिकामा २ जना संक्रमित भएका हुन् । जसमध्ये ३ जना महिला छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणको नतिजा अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गााउपालिका क्वारेन्टाइनका ४ जना संक्रमितत भएका देखिएका छन् । जसमध्ये यमुनामाईको क्वारेन्टाइनमा रहेका १ जना महिला पनि छन् ।

Leave a Reply