बिहीबार बिहान मृत्यु भएका कोरोना संक्रमितको शब ३१ घण्टापछि सेनाले उठायो
९ जेठ, बुटवल । रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ । उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।
अस्पतालको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।