कालिमाटी तरकारी बजारमा कोभिड-१९ को परीक्षण गरिदै
१ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज बिहीबार कोरोना संक्रमण परीक्षण गरिदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानी लगायतका काममा संलग्नको परीक्षण गरिएको हो ।
धेरै मानिस दैनिक जम्मा हुने कालिमाटी तरकारी बजारमा कोरोना भाइरसको संक्रमण परीक्षण गराउन स्वाव संकनलन भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण विभागबाट खटिएका स्वास्थ्य टोलीले कालीमाटी बजार पुगेर सर्वसाधरणको स्वाव संकलन गरेको हो।
बिहान ११ बजेदेखि सुरु भएको स्वाव संकलन अपरान्ह ५ बजेसम्म जारी रहने जनाएको छ । काठमाडौँ उपत्यका समेत संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयले परिक्षणलाई तीव्रता दिइहरको छ भने सर्वसाधरणले पनि उत्सुकता पूर्वक कोरोना परिक्षण गराइ रहेका छन् ।