भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि
११ चैत, चितवन । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय सन्तोष यादवमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ । यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त अस्पतालका अनुसार उनी पहिलेदेखि नै लुपस नामक रोगले ग्रस्त रहेको पाइएको छ । उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना विशेष अस्पताल पुगेका उनको स्वाब १० गते काठमाडौं पठाइएको छ ।
मंगलबार साँझ उनको रिपोर्ट आएको छ । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।
यो पनि पढ्नुहोस्
भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका बिरामी यादव ग्रस्त थिए लुपस रोगबाट