\
घटनादुर्घटनाहेडलाइन

प्रहरीको गोली लागि १ को मृत्यु, ६ जना स्थानीय घाइते

१४ कात्तिक, बुटवल । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाउँदा गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो ।

प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् ।

Leave a Reply