\
राष्ट्रिय समाचारहेडलाइन

उपराष्ट्रपति पुनले रोल्पाको पुर्ख्यौली घरमा लगाए भाइटीका

कात्तिक १२, रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीबाट भाइटीका ग्रहण गरेका छन् । भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् ।

टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उहाँका भाइद्वय भीमप्रकाश पुन र दीपक पुन समेतले दिदीबहिनीको हातबाट टीका लगाए ।

Leave a Reply