\
अपराधघटनाहेडलाइन

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अनुमति

२९ असोज, काठमाडौँ । राजपाका नेता तथा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि जिल्ला अदालत धनुषाले ४ दिनको म्याद थप गरेको हो ।

साह सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

Leave a Reply