\
स्वास्थ्यहेडलाइन

याद गर्नुहोस १० लक्षणहरु जसले मृगौला खराव भएको संकेत गर्दछ

हाम्रो शरीरमा भएको अत्यन्तै महत्वपुर्ण अंगहरु मध्ये मृगौला पनि एक हो। आजभोली मृगौला रोगीहरुको संख्या बढ्दै गइरहेको छ। यदी मृगौलामा समस्या सुरु भैसकेको छ भने पनि सुरुमा थाहा पाउन सकिंदैन। विशेषज्ञहरुको भनाइ अनुसार गलत खानपान र विभिन्न प्रकारका औषधिहरुको साइड इफेक्टको कारणले गर्दा मृगौलामा समस्या आउने गर्दछ। जान्नुहोस केहि लक्षण जसवाट मृगौला खराव हुँदै छ भन्ने संकेत गर्दछ।

  • किड्नी खराव हुँदै छ भने पटक पटक पिशाव आउन सक्छ। रातमा बढी पिशाव हुने हुन्छ।
  • पिशाव गर्न गाह्रो हुन्छ र दुखाइले गर्दा पिशाव नआउन पनि सक्छ।
  • पिशाव संगै रगत पनि देखा पर्न सक्छ। यसो भएमा तुरुन्त डक्टरलाइ देखाई हाल्नु पर्छ।
  • मृगौलाले पानीलाई पूर्ण रुपमा छान्न नसक्ने हुँदा उक्त पानी शरीरमा जम्मा हुन गइ शरीर सुन्निछ। विशेस गरि हात, पाखुरा, पीडुला, गोलिगाठो आदि भाग सुन्निने हुन्छ।
  • मृगौला खराव हुँदा शरीरमा अक्सिजनको कमि हुन् गइ शरीर कमजोर हुन्छ। त्यस्तै शरीरमा एनिमिया पनि हुन सक्छ।
  • शरिवाट हानिकारक बस्तुहरु बाहिर पिशाव मार्फत पूर्ण रुपमा बाहिर ननिस्कने हुँदा छालाको समस्या पनि आउन सक्छ।
  • मृगौला खराव हुँदा रगतमा युरियाको मात्रा बढ्ने हुँदा स्वासमा दुर्गन्ध आउने हुन्छ।
  • रगतमा पानीको मात्रा बढ्ने हुँदा रक्त चाप सामान्य भन्दा बढ्दछ।
  • शरीरबाट हानीकार रसायन बाहिर ननिस्कने हुँदा वाकवाक लाग्ने वा उल्टी हुन सक्छ।
  • शरीरका सम्पूर्ण जोर्नीहरू दुख्ने हुन्छ।

यदि यस्ता लक्षणहरु देखा परेमा तुरुन्त चिकित्सकको परामर्स लिनु पर्दछ।   : एजेन्सी

Leave a Reply