\
स्वास्थ्यहेडलाइन

कृष्णबहादुर महरा अस्पताल भर्ना

२३ असोज, काठमाडौँ । हिरासतमा रहेका कृष्णबहादुर महरा प्रेसरको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । सोमबारदेखि हिरासतमा रहेका महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार उच्च रक्तचापको समस्या देखिएपछि उनलाई यतिबेला कार्डियाक टोलीले उपचार गरिरहेको छ । बलात्कारको आरोप लागेपछि महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply