\
अन्तर्राष्ट्रिय समाचारहेडलाइन

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत बाहिरैबाट पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज पक्राउ परेका छन् । इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई आज पक्राउ गरिएको हो ।

इस्लामावादको उच्च अदालतमा उनीविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइमा उपस्थित हुने क्रममा अदालतकाे गेटबाट खानलाई अचानक पक्राउ गरिएको हो । खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित गरिएको भन्दै अस्वीकार गर्दै आएका थिए ।

पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ । पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको बताएका छन् ।

Leave a Reply