\
आम निर्वाचन-२०७९मधेश प्रदेशहेडलाइन

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

महेन्द्रनगर । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन् । महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेको हो ।

दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेका थिए । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

Leave a Reply