\
राष्ट्रिय समाचारहेडलाइन

कामीरिताले बनाए विश्व कीर्तिमान

२ वैशाख, काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् ।

आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् ।(रासस)

Leave a Reply