मकालु विमान दुर्घटनावाट पाइलट र कोपाइलटको मृत्यु
२ जेठ, हुम्ला । मकालु एयरको,कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ । विमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ ।
विमानमा सवार पाइलट किरण भट्टराई र कोपाइटल आदित्य नेपालीको मृत्यु भएको र उनीहरूको शव क्षतविक्षत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख रविन श्रेष्ठले जनाएका छन् । उनीहरूको शव माउन्टेन एयरको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।