\
घटनाराष्ट्रिय समाचारहेडलाइन

मकालु एयरको बिमान दुर्घटना

२ जेठ, सुर्खेत । सुर्खेत विमान स्थलवाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको 9N AuJ कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ ।

बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटना ग्रस्थ भएको प्रहरीले जनाएको छ । पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए ।

बिमान दुर्घटना बारे स्थानीयले प्रहरीलाई जानकारी गराए पछि प्रहरी घटना स्थल तर्फ गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी ।

Leave a Reply