\
मनोरञ्जनहेडलाइन

अन्तत: नायक पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौं । अन्तत: नायक पल शाह प्रहरीसामु आज आफैं उपस्थित भएका छन् । उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । शाहले आइतबार तनहुँ पुगेर प्रहरीसामु आत्मसमर्पण गरेको तनहुँ प्रहरी कार्यालय स्रोतले बताएको छ ।

उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । यसअघि आज बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफै प्रहरीसामु उपस्थित हुने बताएका थिए ।

उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका थिए । साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ थियो ।

एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएपछि उनी प्रहरीको खोजीको सूचीमा परेपछि फरार रहँदै आएका थिए ।

१८ वर्षमुनिकी ती गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । ती गायिकाले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै पलविरुद्ध आज उजुरी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

पल शाहको घोषणा : प्रहरीसामु आज आफैं उपस्थित हुन्छु

अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी

Leave a Reply