भोजपुरी कलाकारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, ‘मलाई क्षतिपूर्ति दिनुपर्छ’
काठमाडौं । भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसारीलाल यादवले तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई धोका दिएको बताएका छन् ।
माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि नेपाल आएका सारीलालका चारवटा गाडी जलाई दिएपछि उनले दु:ख पोखेका छन् । खेसारीलाल यादवले नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा आफूलाई थाहा नभएको बताएका छन्।
महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोकेपछि मात्र खेसारीलाल यादवले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए । उनले भएका छन्, “यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ ।”
“म जनतालाई मनोरञ्जन दिनका लागि नै नेपाल आएको थिए तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मेरो जानकारीमा थिएन ।”, उनले भने ।
घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।