\
कोरोनाहेडलाइन

काठमाडौं उपत्यकामा आज एकैदिन १२८६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९८० जना, ललितपुर जिल्लामा २२१ जना र भक्तपुर जिल्लामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१३ जनाले कोरोना जितेका छन् ।

Leave a Reply