\
राष्ट्रिय समाचारहेडलाइन

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं । नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक दाहालले पदबाट राजीनामा दिएका हुन् ।

बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएपछि दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका स्रोतले बतायो ।

Leave a Reply