\
कोशी प्रदेशहेडलाइन

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । अन्तत: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राईले ५० मत पाएका छन् । विपक्षमा २९ मत परेको छ ।

स्रोतका अनुसार आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

Leave a Reply