\
कोरोनाहेडलाइन

देशभर थप १,२३९ जनामा कोरोना पुष्टि, १,३२४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तैगरी आज १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

Leave a Reply