\
स्वास्थ्यहेडलाइन

जापानले दिएको अष्ट्राजेनेकाको थप २ लाख कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ । जापानबाट २ लाख ८ हजार ७०० डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ । जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त शनिबार बिहान काठमाडौँ आइपुगेको होे ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार कतार एयरलाइन्सबाट खोप आएको हो । उनका अनुसार यसअघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पखाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइनेछ ।

यो खोप प्रदेश १ र २ का ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ । यसअघि पनि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थियो । बाँकी खोप भने सोमबारसम्ममा नेपाल आइपुग्ने जनाइएको छ ।

यसअघि साउन २३ र २४ मा गरी ९ लाख मात्रा खोप प्राप्त आइसकेको छ । जापानले को-भ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो । जापान सरकारले १६ लाख १४ हजार ७४० मात्रा खोप नेपाललाई दिने बताएको छ ।

Leave a Reply