\
धर्म-संस्कृतिहेडलाइन

भीमेश्वर मन्दिरको शीलामा आयो पसिना : देशमा अनिष्ट हुने संकेत

चरिकोट । दोलखाको भीमेश्वर मन्दिरको शीलामा १९ औं पटक पसिना आएको छ । एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । २०७७ मंसिर पछि ५ महिना नपुग्दै एकै वर्षमा २ पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन् ।

गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ । शनिबार मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ ।

भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए । दायाँ पट्टिबाट पसिना आउँदा राजा पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा वीरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको थियो ।

Leave a Reply