\
मुख्य समाचारहेडलाइन

विश्वका धेरै भष्ट्राचार हुने देशमा नेपाल ५३ औँ स्थानमा

१० फागुन, काठमाण्डौ । विश्वका सबैभन्दा धेरै भष्ट्राचार हुने देशहरुमा नेपाल ५३ औँ स्थानमा देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकको आधारमा नेपाल धेरै भष्ट्राचार गर्ने देशहरुको तुलानमा ५३ औँ स्थानानमा देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले १०० अंकलाई आधारमा मानी १०० लिनेमा कम र ० लिनेमा बढी भष्ट्राचार मान्दा नेपाल भष्ट्राचार गर्ने देशहरुको सूचीमा ५३ औ स्थानमा देदिएको छ । विश्वाका १८० राष्ट्रमा गरिएको अध्ययनअनुसार सोमालिया सबै भन्दा बढी भष्ट्राचार गर्ने देशमा छ ।

सार्क ८ राष्ट्रहरुमा नेपाल भन्दा बढी भष्ट्राचार अफगानस्तान र बंगलादेशमा हुने देखिएको छ । छिमेकी राष्ट्रहरु भारतमा र चीन कम भष्ट्राचार गर्नेको सूचीमा क्रमश ४० र ४१ औँ स्थानमा छन् ।

सन् २०१६ को तुलनामा नेपालमा भष्ट्राचार भने न्यूनिकरण भएको देखिएको छ । २०१६ मा १०० अंकमा २९ अंक नेपालले प्राप्त गरेको थियो भने २०१७ मा २ अंक सुधार गरी ३१ अंक प्राप्त गरेको छ ।

यस्तो सार्क राष्ट्रको अवस्था सार्कका ८ राष्ट्रहरुमध्ये सबैभन्दा कम भष्ट्राचार भएको राष्ट्र भुटान रहेको छ भने सबै भन्दा बढी भष्टाचार हुने राष्ट्रमा अफगानस्तान छ । भुटान कम भष्ट्राचार हुनेको सूचीमा २६ औँ स्थानमा रहेको छ ।

अफगानस्तान धेरै भष्ट्राचार गर्नेको सूचीमा तेस्रो स्थानमा रहेको छ । देश कम भष्ट्राचार गर्नेवाट बनाएको स्थान प्राप्त अंक भुटान २६ ६७ भारत ८१ ४० श्रीलंका ९१ ३८ मालदिभ्स ११२ ३३ पाकिस्तान ११७ ३२ नेपाल १२२ ३१ बंगलादेश १४३ २८ अफगानस्तान १७७ १५ प्राप्त अंकमा १०० लिनेमा कम र ० लिनेमा सबै भन्दा बढी भष्ट्राचार भएको मानिएको छ। कम भष्ट्राचार हुने राष्ट्रबाट सूची बनाइएको छ ।
biodata
कसरी गरिन्छ मापन?

राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचकांक तयार पारिने गरिएको छ । त्यस्तै यो विषयमा विश्वलका ६ वटा संस्थाले अंक दिने र तिनलाई आधार मानेर औषत निकाल्ने गरिन्छ ।

आफ्नो अध्ययनवाट अंक दिनेमा विश्वि बैंक,वल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट,बर्टैल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडीइएस रहेका छन् । उनीहरुले सम्वन्धित देशमा आफ्ना अध्ययन कर्ता पठाएर वा आफैँ सुझ बुझका अधारमा अध्ययन गर्ने गरेको ट्रान्सपरेन्सी इन्टनेश्नल नेपालका अध्यक्ष श्रीहरी अर्याल बताए ।

program

केछ नेपालको सुधार?

नेपालले सन २०१७ मा भष्ट्राचार मापन सूचांकमा २९ अंक प्राप्त गरेको थियो । यो वर्ष भने २ अंक सुधार गरेर ३१ अंक प्राप्त गरेको छ । अहिलेसम्म सन् २०१३ मा ३१ अंक प्राप्त गरेकोमा त्यस माथि जान सकेको छैन । कम भष्ट्राचार हुने देशको सूचीमा भने नेपालको सुधार देखिएको छ ।-थाहा खबर

Leave a Reply