\
मुख्य समाचारहेडलाइन

भूकम्प पीडितलाई थप अनुदान, ६५ वर्षमै वृद्धभत्ता पाइने

१० माघ, काठमाण्डौ । सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए ।

बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

Leave a Reply