३ करोड ठगी गरेको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष पक्राउ
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
न्यौपाने अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ ।