\
हेडलाइन

कैलालीका ५४ सहित सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि

धनगढी, असोज २१ । कैलाली जिल्लाका ५४ जनासहित सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ७ जना महिलाहरु र ६२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४९६ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ५४ जना र कंचनपुरका १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ४१ जनामध्ये वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का ३/३ जना, वडा नम्वर १ का २ जना, वडा नम्वर २ र ४ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका-१ का २ जना र भजनी नगरपालिका -६ का १ जनामा संक्रमणदेखिएको छ । साथै कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ५४ सहित सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि

Leave a Reply