\
कोरोनाहेडलाइन

नेपालमा संक्रमितको संख्या ७९ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ १९११ संक्रमित

काठमाडौँ, असोज १५। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२४४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ३३ हजार ९४७ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या २१८३० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०७६१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ११०६९ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५०७७ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ८१७ जना, ललितपुर जिल्लाका ६८ जना र भक्तपुर जिल्लाका ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५७३८९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको पुष्टि भएको छ ।

आज नेपालमा कोभिड-१९ को अवस्था

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ७७ हजार नाघ्यो, आज थपिए नयाँ १५५९ संक्रमित

Leave a Reply