\
अन्तर्राष्ट्रिय समाचारमृत्युहेडलाइन

भारतका पूर्व रक्षामन्त्री जसवन्त सिंहको निधन

नयाँ दिल्ली, असोज ११ । भारतका पूर्व केन्द्रीय रक्षामन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । भाजपाका संस्थापक सदस्य समेत रहेका उनी लामो समयदेखि बिरामी थिए ।

आफ्नो राजनीतिक जीवनमा ५ पटक राज्यसभा र ४ पटक लोकसभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

उनी भारतीय सेनाका मेजर पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् ।

 

 

Leave a Reply