सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प (अपडेट)
काठमाडौं, भदौ ३१ । आज बुधबार बिहान काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान अन्दाजी ५ बजेर १९ मिनेट जाँदा काठमाडौं उपत्यकामा लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएर सर्वसाधारणहरु घर बाहिर बिस्केका थिए ।
खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् अधिकारीले जानकारी दिए ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) September 15, 2020
ठूलो धक्का भएकाले उपत्यकाका कतिपय स्थानमा भागदौड समेत मच्चिएको छ । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमी लगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए ।
विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ । उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।
तर भूकम्पबारे जानकारी दिने युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार बिहान ५ बजेर १९ मिनेटमा काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा नेपाल र चीनको सीमाना नजिकै ५.५ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।
M5.5 #earthquake (#भूकम्प) strikes 63 km NE of #Kathmandu (#Nepal) 19 min ago. Read eyewitnesses' stories & provide yours: https://t.co/Om3QYcJMuf
— EMSC (@LastQuake) September 15, 2020