गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९६८ पुग्यो
पोखरा, भदौ २८ । गण्डकी प्रदेशमा आज बिहान थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९६८ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २९ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा लम्जुङको सुन्दरबजारमा १० जना, पूर्वी नवलपरासी बिनयत्रिवेणीका ६ जना, तनहुँको ब्यास र म्याग्देकामा ५ जना, स्याङ्जाको गल्याङमा १ जना र गोरखाको भीमसेनथापा र गोरखा बजारका ७ जनामा कोरोना संक्रमण देखिएको हो ।
सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
गण्डकी प्रदेशमा आज बिहान बिहान ७:५० बजे अध्यावधिक विवरण अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९३५ जना पुगेको थियो ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९३५ पुग्यो