\
भूकम्पहेडलाइन

धादिङको नीलकण्ठ केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्पको धक्का

काठमाडौँ, भदौ २४ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोक बिजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

Leave a Reply