\
कोरोनाहेडलाइन

चितवनका ५७ जनासहित थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं १९ । चितवनमा थप ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ५७ जनासहित ८८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोवायोलोजिष्ट डा. नविन कुमार चौधरीले जनाएको छ ।

भाद्र १६ गते पठाइएका ७७८ स्वाबमध्ये भाद्र १६ गते परीक्षण गरिएका ७०३ वटा नमुनामध्ये ८८ वटाको नतिजा पोजेटिभ देखिएको छ भने बाँकी ६१५ वटाको नतिजा नेगेटिभ आएको छ । चितवन मेडिकल कलेजमा हिजो बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ जना र चितवन बाहिरका ३१ जना रहेका छन् ।

चितवनका कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका मात्रै ४२ जनामा रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २, खैरहनी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका १३ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply