\
कोरोनामृत्युहेडलाइन

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

ललितपुर, भदौ १४ । ललितपुरका कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ललितपुरका कोरोना संक्रमित २९ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए । यसअघि शुक्रबार र शनिबार नै गरी ललितपुरमा २ जनाकोरोना संक्रमितको मृत्यु भएको थियो । योसंगै ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave a Reply