\
कोरोनामृत्युहेडलाइन

पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना स‌ंक्रमित पुरुषको मृत्यु

ललितपुर, भदौ १० । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको हिजो मंगलबार राति ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित १ जना पुरुषको मृत्यु

 

Leave a Reply