कालिकोटको महावैमा पहिरो : ६ जनाको मृत्यु
कालिकोट, साउन ३० । कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा कालिकोटको महावै गाउँपालिका-३ नख्खुमा एकै परिवारका ४ जना गरी ६ जनाको मृत्यु भएको छ ।
गएराति महाबै गाउँपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोट स्रोतले जानकारी दिएको छ । घटना भएको स्थानमा प्रहरी परिचालन गरिएको छ । हाल मृतक ६ जना बालबालिकाको शव बाहिर निकाली सकिएको छ ।
प्रहरी कार्यालय कालिकोट स्रोतका अनुसार विष्टका २ छोरा २ छोरी र उहाँका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १९ वर्षीया शान्ति, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन र १० वर्षीया रेखा बिस्ट रहेको जिल्ला प्रहरी कार्यालय कालिकोट स्रोतको भनाई छ ।