झापामा एकैदिन डुबेर ३ जना बालकको मृत्यु
झापा, साउन ८ । झापामा एकैदिन बुधबार डुबेर ३ जनाको मृत्यु भएको छ । हिजो बुधबार राति ८ बजेको समयमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ सोही ठाउँको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका थिए ।
दिउँसो २ बजेतिर घरबाट खेल्न निस्केकोमा हालसम्म घर नफर्किएकाले खोजी गर्ने क्रममा सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला पारिएको थियो ।
उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी मृत अवस्थामा फेला परेका छन् । मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो ।