\
बाढी, पहिरोहेडलाइन

मोरङमा पहिरोले बगाएर १ जना महिलाको मृत्यु

मोरङ, असार ३० । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको थियो ।

मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा बुझाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply