\
कोरोनाहेडलाइन

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि

चितवन, असार २८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुर महानगरपालिका-५, १५, १६ र २४ का १ जना महिला र  ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार २७ गते प्राप्त भएका नमुनामघ्ये १२९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १२४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि

Leave a Reply