\
अन्तर्राष्ट्रिय समाचारकोरोनाहेडलाइन

बलिउड नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

एजेन्सी, असार २७ । बलिउड नायक अमिताभ बच्चनलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् । नायक अमिताभ बच्चनको अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भई रहेको छ ।

यो पनि पढ्नुहोस्

चर्चित बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पुष्टि, अस्पताल भए भर्ना

Leave a Reply