\
कोरोनाहेडलाइन

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ५४ जना नयाँ संक्रमित

काठमाडौं, असार २२ । काठमाडौं उपत्यकामा आज थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका २४ जना, ललितपुर जिल्लाका २० जना र भक्तपुर जिल्लाका १० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा असार २१ गते आइतवार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस् 

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३० जना नयाँ संक्रमित

काठमाडौं जिल्लामा आज देखियो २७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज देखियो ३२ जनामा कोरोना संक्रमण

Leave a Reply