\
कोरोनाहेडलाइन

सुदूरपश्चिममा आज ४३ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९९१ पुग्यो

धनगढी, असार ७ । सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। धनगढी स्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शेर बहादुर कमर्ले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीमा ३० जना, कंचनपुरमा २ जना, बाजुरामा २ जना, बैतडीमा २ जना, डोटीमा ५ जना र डडेल्धुरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९९१ पुगेको छ ।

 

सुदूरपश्चिममा आज ४३ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९९१ पुग्यो

 

Leave a Reply