बलिउड अभिनेता किरण कुमारमा कोरोना संक्रमण भएको पुष्टि, कस्तो छ त अवस्था ?
जेठ १२,एजेन्सी । बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । किरणले आफूले आफैंलाई घरभित्र क्वारेन्टाइनमा राखेका छन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । यसबारे एक बयान जारी गर्दै किरण कुमारले भने, ‘म एउटा सानो परीक्षणका लागि अस्पताल जाँदा कोरोनाभाइरसद्वारा संक्रमित भएको थाहा भयो । परीक्षणको प्रक्रिया सुरु हुनुअघि मैले केही प्रारम्भिक परीक्षणबाट गुज्रनु पर्यो । मलाई लाग्छ कि आफ्नो तर्फबाट सावधानी अपनाउँदै उहाँहरुले सुरुवातमा नै कोभिड–१९ को परीक्षण गर्नुभयो । यसमा मलाई पोजेटिभ भएको पत्ता लाग्यो ।’