‘के जादु छ’ सार्वजनिक (भिडियो सहित)
११ फागुन, काठमाडौं । गायक सुरज कालाखेतीको स्वरमा रहेको ‘के जादु छ’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा शब्द, संगीत कालाखेती आफ्नै रहेको छ पवन सुस्लिङ्ले छायांकन गरेका छन । भिडियोमा अहिलेका युवापुस्ताको माझमा चर्चा बटुल्न सफल चर्चित मोडल अलिशा शर्मासँग द कोन्ज्योसोम ग्रुपको अभिनय रहेको छ ।
भिडियोको निर्देशन द कोन्ज्योसोम क्रु का एलेक्स गोलेले गरेका छन । मिक्सिङ अशोक महर्जनले गरेका छन भने भिडियोको सम्पादन पवन सुस्लिङको रहेको छ। यस गीतमा विश्व अधिकारीले एरेन्ज गरेका छन ।