यस्ता छन्, बलिउड स्टारहरु असन्तुष्टि हुनुका कारण
एजेन्सी, हालै भारतीय संसदले पास गरेको नागरिकता ऐनको संशोधनको विषयले भारतमा अहिले निकै आन्दोलन चर्किरहेको छ । यो विरोधले बलिउड स्टारहरुको पनि ध्यान तानेको छ ।
अभिनेत्री स्वारा भास्कर राजनीतिक र समाजिक विषयमा ट्विटरमा टिप्पणी गर्छिन् । विद्यार्थीमाथिको दमनको विरोधमा बलिउडका प्रायः सबैजसो कलाकार खनिए । अजय देवगनदेखि फरहान अख्तर, कंगना रनावत हुँदै वरुण धवनसम्मका स्टारले यसको विरोध गरेका छन् ।