अभिनेत्री अदिति बुढाथोकी प्रेममा
नेपाली चलचित्र ‘कृ’ की अभिनेत्री अदिति बुढाथोकीले इन्स्टाग्राम मार्फत आफू प्रमेमा परेको जानकारी घुमाउरो शैलीमा दिएकी छन् । बुढाथोकी लामो समयदेखि मूम्बईमा छिन् । गत शनिबार इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सार्वजनिक गर्दे अदितिले भारतीय र्यापर अलिम मोरानीसंग प्रेममा रमाई रहेको संकेत गरेकी छन् ।
मोरानीसंगको समुन्द्रको किनारको लोकेशनमा खिचिएको उक्त तस्विरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छन् । अवधिमा केहि हिन्द गीतका म्युजिक भिडियोमा अभिनय गरिसेकेकी छन् । अदितिको बलिउड चलचित्रमा प्रवेश गर्ने संघर्ष भने आजको मितिसम्म जारी नै छ ।