फिल्म पद्मावत हिट भएको एक वर्षपछि शाहिद कपुरको यस्तो प्रतिक्रिया
एजेन्सी, अभिनेता शाहिद कपुरले कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्ने बताएका छन् । फिल्म पद्मावत हिट भएको एक वर्षपछि कपुरले उक्त फिल्ममा ‘हद दिल दे चुके सनम’ का कलाकारहरुसँग राम्रोसँग काम गर्ने बताएका हुन् । यो फिल्ममा शाहिद कपुरले महाराज रावल रतन सिंहको भूमिका निभाएका थिए ।
नेहा धुपियासँगको कुराकानीमा कपुरले भने, ‘हम दिल दे चुके सनमका कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्थे ।’ शाहिद कपुरलाई उनले पद्मावतका तीन मुख्य भूमिकामा कसलाई रिकास्ट गर्न चाहन्छन् भनेर नेहाले सोधेकी थिइन् ।