बलिउड अभिनेत्री राधिका आप्टेले बिहेमा च्यातिएको साडी लगाएपछि …
एजेन्सी, बलिउड अभिनेत्री राधिका आप्टेले केही दिनअघि एउटा अन्तर्वार्तामा एउटा खुलासा गरेकी छिन् । त्यो हो– उनले विवाहमा च्यातिएको साडी लगाएकी थिइन् ।
उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मैले विवाहमा हजुरआमाको पुरानो मराठी साडी लगाएकी थिएँ । मलाई थाहा थियो, त्यो साडी च्यातिएको थियो र म हजुरआमालाई कति माया गर्छु भने च्यातिएको साडी नै लगाएर मैले विवाह गरेँ । यो मैले हजुरआमालाई देखाएको माया थियो ।’