\
मनोरञ्जन

हास्यकलाकार कपिल शर्माको एक एपिसोडको पारिश्रमिक खुलासा

एजेन्सी, हास्यकलाकार कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ मा पाहुना बनेका चर्चित संगीतकार उदित नारायणले शर्माको पारिश्रमिकबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । उदित नारायणले भने, ‘तपाईंले त संघर्ष गर्न आवश्यक छैन ।

सुनेको छु कि तपाईंले एक–एक एपिसोडको १–१ करोड लिनुहुन्छ ।’उदित नारायणको यो शानदार जवाफ सुनेर सबैजना बेस्सरी हाँसे र कपिल शर्माको बोली नै बन्द भयो । त्यसपछि कपिल शर्माले एक एपिसोडको एक करोड पारिश्रमिक लिने गरेको खबर फैलियो । यद्यपि, उदित नारायणले ठट्टामा यस्तो भनेका हुन् कि साँचो नै हो भन्नेबारे केही आधिकारीक जानकारी उपलब्ध छैन ।

Leave a Reply